मकवानपुरबाट चारजना केन्द्रीय सदस्यमा निर्वाचित
![](https://www.janapatra.com/wp-content/uploads/2021/12/261435212_4914395508572100_2707235844713402520_n.jpg)
हेटौँडा । चितवनमा सम्पन्न नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनबाट मकवानपुरका चार जना केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।
एमालेको हालसम्मको महाधिवेशनबाट मकवानपुरका चार जना एकैपटक केन्द्रीय सदस्यमा निर्वाचित भएको यो पहिलो पटक हो ।
एमालेको केन्द्रीय सदस्यमा यो पटक मकवानपुर क्षेत्र नंबर १ का प्रतिनिधिसभा सदस्य तथा अर्थ समितिका सभापति कृष्णप्रसाद दाहाल, एमाले मकवानपुरका नेता रामेश्वर राना, एमाले बागमती प्रदेश सदस्य तथा प्रदेशसभा सांसद जुनेली श्रेष्ठ र एमाले बागमती प्रदेश समिति सदस्य भारती पाठक रहेका छन् ।
केन्द्रीय कमिटिमा जहिल्यै पनि पहुँच नरहेको भन्ने आरोप खेप्दै आएको एमाले मकवानपुरको लागि यो पटक स्वर्णिम अवसर जुरेको छ । सधै मकवानपुरे राजनीतिको अग्रभागमा रहेको एमाले मकवानपुरले यसअघि एकैपटक यो संख्यामा केन्द्रमा प्रतिनिधित्व प्राप्त गरेको थिए । यस अघि एमालेबाट केन्द्रीय कमिटिमा बागमती प्रदेशका पहिलो मुख्यमन्त्री डोरमणी पौडेल र राना थिए । तर पौडेललाई यो अधिवेशनबाट उमेरहदवन्दीको कारण केन्द्रीय कमिटिमा जान अवसर मिलेन ।