बन्दका क्रममा मकवानपुरको जनजीवन प्रभावित

बजार बन्द, राजमार्गमा गाडी चलेनन्, शैक्षिक संस्थामा पढाई हुन सकेन ।
जनपत्र
१३ जेष्ठ २०७६, सोमबार ०८:२१

हेटौंडा । विप्लप नेतृत्वको नेकपाले गरेको बन्दका क्रममा मकवानपुरको जनजीवन प्रभाबित भएको छ । बन्दका क्रममा पूर्बपस्चिम राजमार्ग, त्रिभूवनराजपथ, कान्तिलोकपथ, हेटौंडा काठमाण्डौं छोटो दुरीको मार्गमा गाडी चलेका छैनन् । हेटौंडा बजार क्षेत्रमा मोटरसाईकल, मयूरी लगायतका सवारीका साधन मात्र चलेका छन् ।

बन्दका क्रममा मकवानपुरका निजी तथा सरकारी बिद्यालय, क्याम्पस सबै पूर्ण रुपमा बन्द भएका छन् । हेटौंडा बजार क्षेत्रका पसलहरु बन्द भएका छन् । अरु बेलाको तुलनामा बजार क्षेत्र सुनसान रहेको छ । सडकहरुमा कुनैपनि गाडी नचलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक मुकेशकुमार सिंहले बताउनुभयो । हेटौंडाको बसपार्कमा केही सवारीका साधनहरु भएपनि पार्किङ गरेर राखिएको छ । हेटौंडा औद्योगिक क्षेत्रका उद्योगहरु आंसिक रुपमा मात्र संचालनमा आएको उहाँले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*