मकवानपुरको थाहानगरमा विप्लपको हरेक बन्दमा आगजनी, आज बिहान पनि गाडी जलाइयो

जनपत्र
१३ जेष्ठ २०७६, सोमबार ०६:२८

हेटौंडा । मकवानपुरको थाहा नगरपालिकामा विप्लप नेतृत्वको नेकपा माओबादीको बन्द हुने अघिल्लो दिन राती वा बन्द हुने दिन बिहान सबेरै गाडी जलाउने सृखला लामो समयदेखि चल्दै आएको छ । थाहा नगरपालिकामा आज बिहान ४ बजेतिर पनि एउटा गाडीमा आगजनी गरिएको छ । यसअघिका विप्लपको बन्दमा पनि निरन्तरजसो थाहा नगरपालिका र आसपासका क्षेत्रको गाडी जलाउँदै आएको थियो ।

त्रिभुवन राजपथ अन्तरगत काठमाण्डौ–हेटौंडा ओहोर दोहोर गर्ने सडक अन्तरगत थाहा नगरपालिकाको जंगलक्षेत्रमा बडी गाडी जलाइने गरिएको हो । त्यही क्रममा आजको बन्दलाई लक्षित गरेर थाहा नगरपालिका वडानम्बर १ खानीगाउँमा ना ६ ख ८००७ नम्बरको आइसर गाडी जलाइएको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक यज्ञप्रसाद भटराईले बताउनुभयो ।

यसअघिका विप्लपको बन्दमा थाहा नगरपालिका वरपर रोकिराखेका वा ओहोर दोहोर गरिरहेका गाडीका चालकलाई ओरालेर गाडी जलाउने गरिएको स्थानीय वासिन्दाहरुले बताएका छन् । निरन्तर बन्दको समयमा गाडी जलाएपछी यसपटक भने जिल्ला प्रहरी कार्यालय मकवानपुरले यसक्षेत्रलाई बडी संबेदनशिल क्षेत्रको रुपमा निगरानी गरिएको थियो । प्रहरी पनि तयारी हालतमा राखेको थियो । तर, गाडी भने बिप्लप माओबादीले जलाएर छाडेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*