बिधुत आयोजना निर्माण गर्न प्रदेश ३ सरकारले सहकार्य गर्ने प्रतिबद्धता

हेटोंडा / प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेल र नेपाल बिधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका बिचमा आज हेटौंडामा छलफल भएको छ । बिधुतका आयोजना निर्माण गर्नका लागि प्रदेश ३ सरकार र बिधुत प्राधिकरण बिचमा सहकार्य गर्ने बिषयमा छलफल भएको हो ।
प्रदेश सरकारले २० मेगावाट सम्म बिधुतका आयोजना निर्माण गर्नका लागि तयार रहेको मुख्यमन्त्री पौडेलले बताउनुभयो । प्रदेशमा बाँकी रहेका, लाईसेन्स लिएर काम नगरेका योजना निर्माण गर्न आफु तयार रहेको उहाँले बताउनुभयो । बिधुत उत्पादन गर्ने एउटा योजनामा काम गर्नका लागि प्रदेश सरकार तयार रहेको मुख्यमन्त्री पौडेलले बताउनुभयो ।
बिधुतका योजना निर्माण गर्नका लागि प्रदेश सरकारले पनि सहकार्य गर्नुपर्ने कार्यकारी निर्देशक घिसिङले बताउनुभयो । बिधुतीकरण राम्रो भएपनि हिउँदयाममा आउने हावाहुरी र बर्षायाममा आउने बाढी, पहिरोका कारण समस्या भएको उहाँले बताउनुभयो । पछील्लो समयमा बिधुत चोरी धेरै नियन्त्रण गरिएको बताउँदै उहाँले भन्नुभयो–प्रदेश नम्बर ३ भरीमा ७ प्रतिशत मात्र बिधुत चुहावट छ अझै यसलाई घटाउनका लागि लागिपरेका छौ । प्रदेश २ मा बिधुत चोरी २२ प्रतिशत सम्म रहेको बताउनुभयो ।
काठका पोलका कारण बिधुतमा ठुलो समस्या आएको उहाँले बताउनुभयो । बिधुतको सिस्टममानै सुधार गर्ने पक्षमा आफु लागिपरेको उहाँले बताउनुभयो ।