किन बन्यो ब्यारेक मानव बधशाला ?

कृष्णउदास खनाल
१२ जेष्ठ २०७६, आईतवार १४:४२

कृष्णउदास खनाल

वीरगन्ज । २०५२ सालभन्दा अगाडि गोरखा जिल्लाको हालको अजिरकोट गाउँपालिकामा राजनीतिक हावाले बिलकुल छोएको थिएन । सामान्य कांग्रेस र कम्यूनिष्ट राजनीति हुने गरेपनि आम नागरिकहरुको दैनिकीमा यसले कुनै असर गरेको थिएन ।

जब माओवादीको नाउँमा सशस्त्र संघर्षको घोषणा भयो,त्यसपछि त्यो क्षेत्रका सर्वसाधारणहरुको दैनिकीफेरियो । बाहुनु,क्षेत्री तथा ठूलो संख्यामा जनजाती र दलित समुदायको बसोबास रहेको गोरखाको अजिरकोट गाउँपालिकामा माओवादी द्वन्दले नराम्रोसंग असर ग¥यो ।

खासगरी निकै निमुखा र सोझा जनजातीहरुको समेत भाव बुझ्न सफल माओवादीले त्यो क्षेत्रलाई आफ्नो पकड क्षेत्र बनाउदै जान थाल्यो । युद्ध शुरु हुंदाको समयमा त त्यत्ति असर परेको थिएन तर बिस्तारै ठूलो मानवीय क्षति भयो ।

अहिले अजिरकोट क्षेत्रका स्थानीयहरुको घरमा बिदेशी पैसा भित्रने गरेको भएपनि २०६० भन्दा अगाडि युवाहरु निकै कम बिदेशिएका थिए । त्यो क्षेत्रका स्थानीयहरुको मुख्य आम्दानीको श्रोत भनेको कृषि नै थियो ।

बर्षभरी मेशनेत गरेर जेनतेज बर्षभरी खान पु¥याउने ब्यक्ति त्यो समाजमा धनीको रुपमा कहलिन्थ्यो । जनजाती र बाहुन क्षेत्रीहरुको संयुक्त बस्ती अजिरकोटमा कहिल्यै समुदायबीच टकराव भएन । पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्नुअघि अजिरकोटमा स्थानीय राजाकै शासन चल्दथ्यो ।अहिले पनि अजिरकोटमा भएका केही भौतिक संरचनाहरुले त्यहा राजा बस्ने गरेको कुरा पुष्ठी गर्दछ । यद्यपी घलेहरुकै राज यस क्षेत्रका हुने गर्दथ्यो ।

जब माओवादीका नाउमा सशस्त्र संघर्ष शुरु भयो अनि त्यो क्षेत्रमा पनि बिस्तारै युद्धको प्रभाव पर्दे गयो । २०५२ सालमा युद्ध शुरु भएपनि त्यसको प्रभाव भने २०५४ सालबाट नै भएको देखिन्छ त्यो क्षेत्रमा ।

खासगरी माओवादी जनयुद्धकै कारण गोरखाको अजिरकोट गाउँपालिकाको एउटा वडाबाट मात्रै हालसम्म चारजना बृद्ध ब्यक्तिहरुलाई तत्कालिन सेनाले नियन्त्रणमा लिइ लाश समेत बेपत्ता बनायो । माओवादीको आरोपमा अजिरकोटको वडा नम्बर ३ का चन्द्रप्रसाद खनाल,भरत अधिकारी,माधव अधिकारी र बृद्धिबल बिकलाई सेनालmे नियन्त्रणमा लिइ लाश समेत बेपत्ता बनायो ।

कोहुन् चन्द्रप्रसाद खनाल
सामान्य किसान परिवारमा जन्मिएका खनाललाई कथित माओवादीको आरोपमा तत्कालिन भच्चेक स्थित शाही सेनाको बद्रबहादुर गणले नियन्त्रणमा लियो। उनलाई सेनाले पक्राउ गर्दा उनी ५६ बर्षमा थिए । २०५८ साल मंसिर १६ गते बिहान करिब ११ बजे घर नजिकै रहेको खेतमा दाँही गरिरहेको अवस्थामा सेनाले पक्राउ गरेको थियो ।

अर्काको खेत कमाइरहेका खनाललाई सेनाले पक्राउ गर्दा एउटा कट्टु लगाएका थिए जुन कम्तीमा चार ठाउँमा टालिएको थियो भने शरिरको माथिल्लो भोगमा एउटा सर्ट र सुइटर लगाएका थिए जुन कपडाले सायद पानी नदेखेको पनि तीन महिनाजति भएको हुनुपर्दछ । उनकै शरिरमा पनि पानी नपरेको एक महिना भएको हुनुपर्छ ।

परिवारका सदस्यहरुले दिएको जानकारी अनुसार खनालले अर्काको काम गरेर परिवार चलाउदै आएका थिए । उनलाई सेनाले पक्राउ गरेपछि कहिल्यै भेट्न दिएन र कहिल्यै उनको अवस्थाको बिषयमा पनि जानकारी दिएन ।

भरत अधिकारी
उनीपनि एक मध्यम किसान परिवारका जन्मिएका ब्यक्ति थिए। मओवादीको आरोपमा २०५८ साल मंसिर २९ गते घरबाट भरतलाई बद्रगणले नै नियन्त्रणमा लिएको देखिन्छ । उनलाई सेनाले खबर पठाएर पक्राउ गरेको थियो ।स्थानीय ब्यक्ति मार्फत पक्राउ गर्न हामी आउदैछौं भन्दै सेनाले नियन्त्रणमा लिएको थियो ।त्यसपछि चन्द्र खनालकै जसरी उनलाई बेपत्ता बनाइयो।

माधव अधिकरी

बाथ रोगबाट पीडित माधव पनि अजिरकोट ३ हंसपुर निवासी नै हुन् । उनलाई भद्रबहादुर गणका सेनाले २०५८ साल पुस २ गते भच्चेक बजारबाट पक्राउ गरेको हो । बाथ रोगबाट पीडित भएका उनी उपचारका लागि भच्चेक बजार आएका बेला उनलाई पक्राउ गरेपछि कहिल्यै परिवारसंग भेट्न दिएन सेनाले । माओवादीबाट पक्राउ परेका चन्द्र,भरत र माधव माअ‍ोवादी निकटको किसान संघको मात्र साधारण सदस्य उतिबेला रहेका थिए ।

बृद्धिबल बिक

एक स्थानीय बिद्यालयका शिक्षक थिए,उनी । हंसपुरकी स्थानीय उनी दलित समुदायको भएपनि पढेलेखेका ब्यक्तिका रुपमा चिनिन्थे । उनी केवल शिक्षक संगठनको सदस्य मात्र रहेका थिए । बिद्यालय जानेक्रममा उनलाई २०५८ सालकै पुस २ गते बद्र बहादुर गणले नै नियन्त्रणमा लिएर बेपत्ता बनायो । यी चारैजना परिवारका सदस्यहरु अहिले पनि आफन्तको लाश वा सासको आशमा छन् तर जवाफ पाएका छैनन् ।

चेलीबेटीको चिच्चाहट

२०५८ साल मंसिर ८ गते संकटकालको घोषणा भएपछि अजिरकोटको केन्द्र भच्चेकमा सरकारले माओवादी नियन्त्रणका लागि भन्दै सेनाको ब्यारेक स्थापना गरेको थियो । त्यसअघि सेना त्यहाँ बस्ने थिएन ।

मंसिर ९ गतेबाट सेना मैदानमा उत्रिएपछि अजिरकोट क्षेत्रका सेनाले माओवादी बिरुद्ध अपरेशन शुरु ग¥यो । शुरुमा बद्रबहादुर गण र त्यसपछि महेन्द्र दल गण भच्चेकमा रहेको पाइन्छ । यी दुई गण त्यहाँ रहदा सायद दुःख नपाउने सर्वसाधारण औंलामा गन्न मात्रै सकिने थिए ।

खासगरी त्यस क्षेत्रका चेलीबेटीहरुलाई माओवादीको आरोपमा नियन्त्रणमा लिएर रातभर सैनिक ब्यारेक भित्र बलात्कार गरिन्थ्यो । महिला अधिकार र यौंनिक हिंसाको कुरा गर्ने नेपाली समाजले द्धन्दको बेला भएको त्यो महिलाहरुका लागि कालरात्रीको कहिल्यै वकालत गरेको पाइदैन। त्यत्तिबेला सेनाले खासगरी महिलाहरुलाई नियन्त्रणमा लिने र माओवादीको आरोपमा ब्यारेक भित्र लगी हात बाँधेर,पट्टीले मुख बांधेर अनि खुट्टा समेत बांधेर बलात्कार गर्ने गर्दथे ।

पीडित महिलाहरुले ब्यक्त गरेको पीडा अनुसार शुरुमा सेनाको मेजर महिलामाथि मदिरा सेवन गरेर जाइ लाग्दथ्यो अनि त्यसपछि पालैपाले अन्य सेनाहरुले आफ्नो यौंन प्यास मेटाउने गर्दथे । महिला वा युवती बेहोस हुंदासम्म पनि सेनामा कुनै मानवीय संवेदना आउथेन उल्टै नाटक गरेकी भन्दै महिलाको योनीमा हतियार घुसाउने देखि स्तन काट्नेसम्मको हर्कत गरिन्थ्यो ।

महिलाहरु आफूमाथि भएको यस्तो अन्याय ब्यक्त गर्द चाहन्नन् । किनकी हिजो त्यो घटना भएका बेला किशोर रहेका युवतीहरु आज छोरा वा छोरीको आमा बनेका छन् । विवाह भइसकेको छ । आफ्नो जीवन बिताइरहेका छन् । धेरैले सेनाले गरेको त्यो हर्कत परिवारका सदस्यलाई भनेका छैनन् । भनेको खण्डमा विवाहित भए श्रीमानले छाड्ने र अविवाहित भए बिहे नै नहुने डरका कारण चेलीहरुको मनमा यो पीडा गुम्सिएको छ । उनीहरुले भन्न सक्ने अवस्था पनि छैन ।

९० दिन सेनाको हिराशतमा रहेका स्थानीय नन्दलाल अधिकारी जो यस्ता घटनाका प्रत्यक्ष साक्षी हुन् । सेनाको हिराशतमा बसेकाहरुले रात परेपछि चेलीहरुको चिच्चाहट बढी सुन्ने गर्दथे । उनीहरुले पीडाका कारण बा,आ बाचय देऊ मात्रै भनेको सुनिने गरेको पाइन्थ्यो । साच्चै त्यो ब्यारेक पुराणमा उल्लेख भएको यमराजको नर्क भन्दा कम्ती दर्दनाक पक्कै थिएन र त्यत्तिबेलाका हंसपुर क्षेत्रका चेलीहरुले ब्यहोर्नु परेको पीडाको केवल सार संक्षेप मात्रै यो हो ।

सेनाप्रति बितृष्ण

मुलुकमा गणतन्त्र स्थापना भइसकेको छ । आज सेना या प्रहरी देखेर कोही आत्तिनु पर्ने छैन । गल्ती नै गरेपनि सजायँ अदालतले दिएको छ । भक्तीथाप,बलभद्र कुँवर,अमरसिंह थापा जस्ता सपुतबाट सिर्जित सेनाले आफ्नै देशमा युद्ध लड्न प¥यो । त्यो बाध्यता थियो होला तर निहत्था नागरिकमाथि गरेको यो बर्बरताले सेनाको गरिमामा गम्भीर आंच ल्याएको छ ।

सेनाले बेपत्ता पारेको आफ्नै देशका नागरिकलाई सार्वजनिक गरेको छैन । बेपत्ता पारिएकाहरुको अवस्था सार्वजनिक गरी लाश आफन्तलाई बुझाउने हिम्मत सेनाले गरे ऊप्रतिको बितृष्णा कमी आउने आश गर्न सकिन्छ । नेपाली सेनाको बिश्वास र गरिमा उच्च रहेपनि नागरिक बेपत्ता र ब्यारेकभित्र महिला सामुहिक बलात्कार भएका कारण सेनाको बिश्वास यसले ह्वात्तै घटाएको छ ।

बिश्वास बढाउनका लागि सेनाले तत्काल बेपत्ता नागरिक सार्वजनिक गर्ने र पीडितको हकमा जे गर्न सकिन्छ त्यो गरे सेनाप्रतिको हेराइमा परिवर्तन आउन सक्छ ।

आयोगसँग अपेक्षा

सरकारले बेपत्ता नागरिक खोज्नका लागि नै भनेर बेपत्ता सम्बन्धी आयोग गठन गरेको छ । आयोगमा हराएका माथि उल्लेखित ब्यक्ति सहित देशभरका ब्यक्तिहरुको उजुरी परेको छ । तर आयोगको तेश्रो बर्षको कालकाल सकिने संभवना बढ्दै गर्दा समेत पीडितका आफन्त खोज्नेमा आशंका उब्जिएको छ ।

राजनीतिक दलको संरक्षणमा र पहलमा आयोग बनेका कारण योबाट न्याय पाउनेमा पीडितको बिश्वास कम छ । बेपत्ता ब्यक्तिहरु खेजी गरी शव आफन्तलाई बmुझाउन मात्र सकेपनि उनीहरुले काजक्रिया गर्न पाउने थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*