दुर्घटनामा परेर मरिसके भनेका व्यक्ति जिवित भेटिएपछि…

जनपत्र
१२ जेष्ठ २०७६, आईतवार १३:१२

धनुषाको कमला नगरपालिकामा गए राती एक जना युवक दुर्घटनापछि रातैभरि सडक पेटीमै छटपटाए । निर्माण भईरहेको फाटकमा सुपरभाईजर रोशन झा  साथीसँगै काम गर्न निस्केका माेटरसाइकल दुर्घटनामा परे । झा कमला नगरपालिका वडा नं. २ सराबे स्थित निर्माण भईरहेको फाटकमा सुपरभाईजरको काम गर्छन् ।

दुर्घटनामा परेर बेहाेस भएपछि साथीहरूले साथ छाडे ।  बेहाेसी अबस्थामा उनलाई साथीहरूले मृत्यु भयाे भनेर भागे ।विहानीपख खेततर्फ निस्केका स्थानीयहरुले झालाई सडक पेटीमा अलपत्र परेको देखेपछि प्रहरीलाई खबर गरे । साथीहरूले मरिसक्याे भनी छाडेका उनलाइ स्थानीयले जिवित भेटे । ज ४ प ३६७७ नम्बरको मोटरसाईकलमा सबार झा गएराती करिब १२ बजेतिर काम सकेर जनकपुर जान लाग्दा अनियन्त्रित भएर दुर्घटना भएपछि अाफु हाेसमा नरहेकाे झाले बताए ।

दुर्घटनापछि म वेहाेस भएपछि साथीहरू कता भागे मैले पत्ताे पाइन, उनले भने,  ‘जब मोटरसाइकल चिप्लियो, म सडक पेटीमा गएर ठोक्किँए, साथी आए र मलाई देखेर टाप कसे । त्यति बेला म बोल्न सक्ने अवस्था थिएन, तर सुन्न सक्थेँ । साथीले छाडेर भागेपछि धेरै पीडा भयो । रातैभरि मलाई सडक पेटीमा कसैले पनि देखेनन् र अलपत्र परेर रातैभरि सडक पेटीमै छटपटाएँ ।’ तिनकौरियाबाट गएको प्रहरी टोलीले उनलाई उद्धार गरेका थिए । उनकाे अनुहारमा गम्भिर चोट लागेको छ भने आँखा पूर्ण रुपले खोल्न सकेका छैनन् । उद्धारपछि उनकाे अस्पतालमा उपचार भइरहेकाे छ ।
राजधानीडेलीबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*