तीनै तहका अदालत संगै मकवानपुर अदालत पनि बन्द

जनपत्र
१२ जेष्ठ २०७६, आईतवार ०९:१३

हेटौंडा । देशैभरीका तीनै तहका अदालत बन्द संगै उच्च अदालत पाटन हेटौंडा इजलास र जिल्ला अदालत मकवानपुर पनि आज बन्द भएको छ । अदालतका सर्वोच्च अदालतलले पूर्वप्रधानन्यायाधीश नयनबहादुर खत्रीको ९६ वर्षको उमेरमा निधन भएको शोकमा आइतबार सबै अदालतमा बिदा दिने निर्णय गरेसंगै मकवानपुरको हेटौंडामा रहेका यी अदालत पनि बन्द भएका हुन् । आज देशैभरीका तैनै तहका अदालत बन्द भएका छन् ।

सर्वोच्च अदालतका मुख्य रजिष्टार नृपध्वज निरौलाले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा पूर्व प्रधानन्यायाधीश खत्रीको निधनको शोक प्रकट गर्न यही जेठ १२ गते देशभरका जिल्ला, उच्च, सर्वोच्च, विशेष तथा न्यायाधिकरण शोक बिदाका रुपमा बन्द रहने भनेसंगै आज अदालत बन्द भएका हुन् ।

सर्वोच्च अदालतको हिजो बसेको पूर्ण बैठकले आजलाई शोक बिदा दिने निर्णय गरेको थियोे । अल्जाइमर रोगका कारण मेडिसिटी अस्पताल नक्खुमा उपचारका क्रममा बुधबार निधन हुनुभएका स्वर्गीय खत्रीको शनिबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

ललितपुर जिल्लामा मेजर दिलबहादुर खत्री र आमा अप्सरादेवी खत्रीको सन्तानका रुपमा १९८० असोज ३ गते जन्मनु भएका खत्री २०३३ साल साउन २४ गतेदेखि २०४२ मङ्सिर २५ गतेसम्म सर्वोच्च अदालतको प्रधानन्यायाधीश भएर काम गर्नुभएको थियो ।

सर्वोच्च अदालतमा प्रधानन्यायाधीश हुँदा उहाँको कार्यकालमा स्वतन्त्र न्यायपालिकाको मूल्य मान्यतालाई स्थापित गर्दै समग्र न्यायपालिकाको श्रीवृद्धिको उल्लेखनीय योगदान र्पुयाउनुभएको थियो । विसं २००४ मा मुलुकी अड्डा ऐसवाल फाँटबाट सरकारी सेवामा प्रवेश गर्नुभएका पूर्वप्रधानन्यायाधीश खत्रीले २००९ सालमा कानून मन्त्रालयको सचिव हुँदै प्रधानन्यायाधीश भई न्यायको क्षेत्रमा योगदान दिनुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*