हतियार सहित भारतिय प्रहरी किन आईपुगे हेटौंडा ?

पोसाकमैै हेटौंडा आइपुगेका भारतिय प्रहरी मकवानपुर प्रहरीको फन्दामा ।
जनपत्र
११ जेष्ठ २०७६, शनिबार १५:११

हेटौंडा । हातहतियार सहित मकवानपुरको हेटौंडा आईपुगेका भारतिय प्रहरीलाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएर भारतको रक्सौल फिर्ता पठाएको छ । आज बिहान सवेरै हेटौंडामा आइृपुगेका भारतिय प्रहरीले आफ्ना पोसाकमै हेटौंडामा आइृपुगेपछी बल्ल स्थानीयको खबरपछी मकवानपुर प्रहरीले फेला पारेको थियो ।

हेटौंडा आईपुग्नका लागि बिरगन्ज नाकादेखि एक दर्जन प्रहरी चौकि पार गरेपछी मात्र आईपुगिन्छ । तर, हेटौंडाको पशुपति मन्दिरमा दर्शन गर्ने क्रममा मात्र मकवानपुर प्रहरीले भारतिय प्रहरीलाईृ फेला पारेर नियन्त्रणमा लिएको थियो । त्यस लगतै प्रहरी भेनमा राखेर पर्षा नाकाको नेपाल प्रहरीलाई जिम्मा लगाएर भारत फिर्ता पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक यज्ञ प्रसाद भटराईले बताउनुभयो ।

हात हतियार सहित मकवानपुरको हेटौँडामा आईपुगेको करिब आधा दर्जन भारतीय प्रहरीलाई मकवानपुर प्रहरीले भारत फिर्ता गरेको हो । हेटौँडा ४ मा रहेको भुवनेश्वर मन्दिर (पशुपति) मन्दिरमा दर्शन गरि स्थानीय एक गेष्ट हाउससमा पुगेका उनीहरुको साथमा हात हतियार देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको थियो । विना अनुमति हात हतियार सहित हेटौँडा आएका उनीहरुले गेष्ट हाउसमा कोठको लागि भनेपछि केहि स्थानीयल प्रहरीलाई खबर गरेका थिए ।

श्रोतको अनुसार उनीहरुले मन्दिर दर्शनपछि कोठा बुकिङ गर्न खोजेका थिए ।
तर सो सूचना पाएपछि मकवानपुरका प्रहरीले नियन्त्रणमा लिएको थियो । पशुपति दर्शन गर्ने उदेश्यले आएका उनीहरुलाई फिर्ता गरेको प्रहरीले जनाएको छ । गुगल म्यापबाट पशुपति मन्दिर सर्च गर्दा विहारबाट ५० किलोमिटरको दुरी देखाएपछि उनीहरु हेटौँडा आएको र दशर्नपछि उनीहरुलाई सामान्य सोदपुछ पछि फिर्ता पटठार्ईएको हो । तर, उनले हतियारको बारेमा भने खुलासा गरेनन् । तर एकजना स्थानीयत तहका जनप्रतिनिधिको अनुसार हतियार सहित विना अनुमति नेपाल प्रवेश गरेका उनीहरु विरुद्ध कानुनी कारबाही गर्नुपर्ने थियो तर सामान्य सोदपुछ गरेर मात्र छाडियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*