हेटौंडाको फरेस्ट्रीमा कुकुरले सक्दै चित्तल र मृग

हेटौंडा / हेटौंडा बजारको मध्यभागको जंगलमा बासस्थान बनाउँदै आएका चिक्तल र मृग अहिले मासिने त्रममा छन् । हेटौंडा उपमहानगरपालिका १० स्थित वनविज्ञान अध्ययन संस्थान फरेष्ट्रीको जंगलमा चित्तल र मृग थोरै मात्र छन् ।
हेटौंडा उपमहानगरपालिका ४ हुप्राको चौरमा बिहीबार बिहान एक चित्तल मृत फेला परेको थियो । वनविज्ञान अध्ययन संस्थानको जंगलबाट बाहिर निस्केको उक्त चित्तललाई चार वटा कुकुरले लखेटेर मारेको डिभिजन वन कार्यालय मकवानपुरका सहायक वन अधिकृत अच्यूत लामिछानेले बताए ।
अध्ययन संस्थानको जंगलबाट यताउता चर्न निस्केको चित्तललाई भुस्याहा कुकुरले लखेटेर मारेको उनले भने । कुकुरले लखेटेर साउनदेखि जेठ १० गतेसम्म १२ चित्तल र १२ मृग गरी २४ वटा मारिसकेको छ । मारिएकामध्ये १० पोथी १४ भाले छन् ।
डिभिजन वन कार्यालयका अनुसार साउनमा ३ वटा, भदौमा ७, मंसिरमा २ पुसमा २, माघ ४, फागुन १, चैत १, वैशाख २ र जेठमा २ वटा चित्तल कुकुरले लखेटेर मारेको हो । ‘६ वटा घाइते अवस्थामा र २४ वटा मृत फेला परेका थिए,’ सहायक वन अधिकृत लामिछानेले भने, ‘घाइतेहरूको उपचार गरेर जंगलमा नै छाडियो ।’
हेटौंडा उपमहानगरपालिकाले वनविज्ञान अध्ययन संस्थानको जंगल छेउमा रहेको उपमहानगरपालिकाको डम्पिङ साइटमा भुस्याहा कुकुर पनि आउँछन् । त्यही स्थानमा पानी खान र चर्न मृग र चित्तल पनि पुग्छन् । भुस्याहा कुकुरले त्यति नै बेला मृग र चित्तललाई लखेट्छन् ।
चित्तल र मृग भाग्ने क्रममा डम्पिङ साइटमा लगाएको काँडेतारमा अल्झिने गरेका छन् । १ सय ५८ विगाहामा फैलिएको वनविज्ञान अध्ययन संस्थानमा विगतमा सयभन्दा बढी चित्तलको बासस्थान थियो ।
‘अहिले १२र१४ वटाको एउटा झुन्डबाहेक चित्तल छैनन्,’ संस्थानका क्याम्पस प्रमुख कृष्णप्रसाद दाहालले भने, ‘संस्थानका कम्पाउन्डहरू भत्काइएकाले चित्तलहरू मासिँदै गएका हुन् ।’ ‘डम्पिङ साइटमा लगाएको काँडेतारसंस्थानका जंगलभित्र रहेका वन्यजन्तुको निम्ति धराप थापेको जस्तो भएको छ,’ संस्थानका एक प्रध्यापकले बताएका छन् ।
सडक विभागले राजमार्गसँग जोडिएका संस्थानको पर्खाल भत्काएपछि बाहिरका भुस्याहा कुकुर सहज रूपमा प्रवेश गर्न पाएका छन् । अर्कोतिर जंगलवरिपरि चारैतिर बाटो बनाएकाले पनि चित्तलहरूको अकालको मृत्यु हुने गरेको हो ।
‘चित्तल र मृगको रगत खान पल्केका आधा दर्जन भुस्याहा कुकुरले यत्तिका वन्यजन्तु मारिसक्यो,’ डिभिजन वन कार्यालयका सहायक वन अधिकृत रविन देवकोटाले भने, ‘यसको संरक्षणका लागि बेलैमा सोचिएन भने अध्ययन संस्थानको जंगल चित्तल र मृगविहीन हुनेछ ।’
हेटौंडा उपमहानगरपालिकाले उक्त क्षेत्रका भुस्याहा कुकुरलाई मार्न खोज्दा पशु अधिकारकर्मीले मार्न हुदैन भनेर दबाब दिएकाले उपमहानगरपालिकाले कुकुर मारेको छैन । पर्खाल नभएकाले चिक्तलहरू विचरण गर्ने त्रममा कुकुरले झम्टेर मार्ने, कहिले भित्र पसेर चित्तललाई लखेटेर मार्ने गरेका छन् ।
चोरीसिकारीबाट भनेचित्तल मारिएका छैनन् ।वनविज्ञान अध्ययन संस्थानभित्रकाकुकुर बाँधेर राख्ने गरिएको छ । तर बाहिरबाटआएका कुकुरे नै चित्तल सिध्याउन लागेको एक प्राध्यापकले बातए । भुस्याहा कुकुर नगरभित्र छ्यापछ्याप्ति छन् ।
आजको कान्तिपुर दैनिकमा प्रताप बिष्टले लेखेकमो समाचार हामिले साभार गरेका हौ ।