सर्वोच्च अदालत परिसर भित्र र बाहिर प्रदर्शन, सुरक्षा व्यवस्था कडा

जनपत्र
२९ कार्तिक २०७८, सोमबार ११:५९

काठमाण्डाै – प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै कानुन व्यवसायीहरुले आज पनि प्रदर्शन गरेका छन् ।

सर्वोच्च अदालतभित्र भएको प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेको छ । प्रहरीको घेरा तोडेर कानुन व्यवसायीहरुले प्रदर्शन गरेपछि सामान्य धकेलाधकेल भएको हो । यस्तै सर्वोच्च परिसर बाहिर प्रधानन्यायाधीश जबराका समर्थकहरुले पनि प्रदर्शन गरेका छन् ।

दिनहुँको विरोध प्रदर्शनले इजलास ठप्प भएको भन्दै  उनीहरुले त्यसको विरोधमा प्रदर्शन गरेका हुन् । पक्ष र विपक्षमा हुने प्रदर्शनमा झडपसमेत हुन थालेपछि सर्वोच्च अदालत परिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ । कानुन व्यवसायीहरुले प्रधानन्यायाधीशले राजीनामा गर्नुपर्ने माग गरिरहेका छन् भने प्रधानन्यायाधीशले भने तत्काल राजीनामा नदिने अडान राख्दै आउनुभएको छ ।

सर्वोच्चमा प्रधानन्यायाधीशविरुद्ध न्यायाधीशहरूले इजलास बहिष्कार गर्दै आएका छन् । उनीहरूको समर्थनमा बारले पनि सङ्घर्ष गरिरहेको छ । केही वकिलहरुले भने न्यायालयलाई अनावश्यक विवादमा तान्न खोजेको भन्दै हड्तालमा रहेका न्यायाधीशहरूलाई इजलासमा फर्कन दबाबमूलक कार्यक्रम गरिरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*