एक वर्षदेखि बन्द मलेसिया रोजगारी खुल्ने संकेत

जनपत्र
१० जेष्ठ २०७६, शुक्रबार ०७:५३

काठमाडौँ– मलेसिया रोजगारीमा देखिएको अन्यौलता अन्त्य गर्ने विषयमा नेपाली राजदूतले त्यहाँका मन्त्रीसँग छलफल गरेका छन्। बिहीबार मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले मलेसियाका मानव संसाधन मन्त्री कुला शेधारनलाई भेट्दै मलेसिया रोजगारी खुलाउन अग्रसर हुन आग्रह गरे। एक वर्षदेखि मलेसियाको रोजगारी बन्द छ। सात महिना पहिले मलेसियासँग श्रम समझदारी भएपनि स्वास्थ्य संस्थाको विषयमा कुरा मिल्न सकेको छैन । नेपालले नयाँ स्वास्थय संस्थालाई पन सूचिकरण गरेर स्वास्थ्य परीक्षणको बाटो खुल्ला गर्नु पर्ने बताएको छ। तर नेपालस्थित मलेसियन दूतावासले पहिलेकै ३७ वटा स्वास्थ्य संस्थालाई मात्रै स्वास्थ्य परीक्षण गर्न अनुमति रहेको पत्र पठाएपछि थप अन्यौलता सिर्जना गरेको हो।

नेपालले नयाँ संस्था सूचिकरणको प्रक्रिया अगाडि बढाइरहेका बेला आएको मलेसियाको पत्रले मलेसिया रोजगारीलाई थप पछाडि धकेल्ने संकेत गरेको छ ।तर राजदूत पाण्डेसँगको भेटमा मलेसियाले आगामी मंगलबारसम्ममा अन्यौलता हटाउने विषयमा निर्णय लिने बताएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*