मूल्यबृद्धि फिर्ता लिन माग गर्दै संयुक्त विद्यार्थी संगठनद्वारा आयल नियम घेराउ
पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दै आएको संयुक्त विद्यार्थी संगठनले टेकुस्थित नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गरेको छ ।
शुक्रबार बिहान निगमको केन्द्रीय कार्याय घेराउ गर्दै विद्यार्थी संगठनले तत्काल मूल्यवृद्धि फिर्ता गर्न सरकारलाई दवाव दिएका हुन् । विद्यार्थी संगठनका नेताहरुले आम जनता र विद्यार्थीहरुलाई चुल्हो समेत बल्न नदिने गरी एलपी ग्याँसलगायतका पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको भन्दै निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलको राजीनामा माग गरेका छन् ।
त्यसक्रममा विद्यार्थीहरुले सरकारविरुद्ध चर्का नाराबाजी गरेका थिए । नेकपा ९माओवादी केन्द्र०निकटको विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी), नेकपा ९एकीकृत समाजवादी०मा आवद्ध अनेरास्ववियूसहितका विद्यार्थी संगठनका नेताहरुले आयल निगमका भ्रष्ट कर्मचारीहरुलाई सामाजिक रुपमा बहिष्कार गर्न आह्वान समेत गरेका छन् ।
पेट्रोलियम पदार्थको पछिल्लो पटक मूल्यवृद्धि गरिएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकटको विद्यार्थी संगठन अनेरास्ववियूले मूल्यबृद्धि फिर्ता लिन १२ घण्टे अल्टिमेटम दिइसकेको छ ।







