रुपन्देहीमा एक फर्निचर उद्योगमा आगलागी हुँदा २ करोड रुपैयाँभन्दा बढीकाे क्षति
रुपन्देही – रुपन्देहीको तिलोत्तमा नगरपालिका पत्थरडाँडामा रहेको एक फर्निचर उद्योगमा आगो लाग्दा २ करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ ।
तिलोत्तमा नगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष गणेश न्यौपानेका अनुसार पत्थरडाँडामा रहेको कनौजे ट्रेडर्समा आगो लाग्दा उद्योग र सोरुममा रहेकाे सबै फर्निचर जलेर नष्ट भएकाे हाे ।
हिजाे बेलुका ६ बजेदेखि लागेकाे आगो ७ घण्टापछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सत्यनारायण थापाले जानकारी दिनुभयाे।
प्रवक्ता थापाले दमकलले मात्रै आगो नियन्त्रणमा लिन नसकेपछि डोजर लगाएर भवन नै भत्काउनु परेको बताउनु भएकाे छ।