३ नम्बर प्रदेशसभा बैठकमा बस्दैनन् सांसद

हेटौंडा / प्रदेश ३ को प्रदेशसभा बैठकमा सांसदहरु हाजिर गर्दै हिँड्ने गरेका छन्। बिहीबार प्रदेशसभाको बैठकमा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको छलफल पछि प्रदेश सभाको वैठकमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले जवाफ दिएका थिए।
विधेयकको सिद्धान्त र प्राथमिकताको विषयमा प्रश्न गर्ने अधिकांश सांसदहरु नै बैठकमा देखिएनन्। प्रतिपक्ष मात्रै नभई सत्ता पक्षका पनि अधिकांश सांसदहरु प्रदेश सभाको वैठकमा पुरा समय बस्दैनन्। सांसदहरु हस्ताक्षर गरेर हिड्ने गरेका हुन्।अरु समयमा पनि महत्वपुर्ण बिषयमा छलफलको दिनमा सांसदहरु धेरै हुने गरेपनि अरु सामान्य बैठकमा भने सांसदहरु नआउने गरेका हुन् । सांसदहरु आफुले कुरा राख्ने दिनमा धेरै सांसद सहभागि हुने र अरुले राख्ने दिनमा धेरै उपस्थित नहुने परिपाटी संसदमा बढेर गएको छ । थाहा खबरबाट ।