हेटौंडामा खानेपानीको अभाब हुन दिन्न –मेयर महत

जनपत्र
९ जेष्ठ २०७६, बिहीबार १७:३२

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले हेटौंडामा पहिलेका वडामा पानीको समस्या नभएपनि पछी थपीएका वडामा पनि पानी पर्याप्त पु¥याउने बताउनुभएको छ । खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ मकवानपुरको आयोजनामा तथा हेटौंडाउपमहानगरपालिकाको सहयोगमा खानेपानी योजना प्रणाली ब्यावस्थापन सम्बन्धी हेटौंडको पीप्लेमा आयोजित तालिमको अबसरमा बोल्दै उहाँले यस्तोकुरा बताउनुभयो ।

पानीका लागि पर्याप्त बजेट छुट्याउने तयारीमा रहेको उहाँले बताउनुभयो । पानी खानबाट कोही पनि नगरवासीलाई बन्चित नगरिने उहाँको भनाई छ । महासंघ मकवानपुरका अध्यक्ष रुपा खुलाल गोलको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका सचिब कृष्ण राई, वडा सदस्यहरु सरस्वती दाहाल, केशब श्रेष्ठ, ज्ञानबहादुर थापा, तेजराज पाण्डेले, जुना दाहाल लगायतकाले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*