एमाले मकवानपुरमा १७ जना महाधिवेशन प्रतिनिधिको लागि ७३ जनाको उम्मेद्वारी

जनपत्र
२५ कार्तिक २०७८, बिहीबार १६:२५

हेटौंडा । नेकपा एमालेको राष्ट्रिय महाधिवेशनको लागि आउँदो कार्तिक २७ गते हुने महाधिवेशन प्रतिनिधि छनोटमा मकवानपुरमा ७३ जनाको उम्मेद्वारी परेको छ ।

९ हजार २ सय ६८ जना संगठीत सदस्य रहेको एमाले मकवानपुरबाट यो पटक राष्ट्रिय महाधिवेशनको लागि १ जना दलित कोटा सहित १७ जना प्रतिनिधि बन्दैछन् ।

जिल्लाको क्षेत्र नंबर १ बाट कम्तिमा २ महिला (अनिवार्य) सहित ६ जना (खुल्ला कोटा)  गरि ८ जना प्रतिनिधि हुनेछन् भने क्षेत्र नंबर २ बाट पनि क्षेत्र नंबर १ कै जस्तै ८ जना छनौट हुँदै छन् ।

१७ जना प्रतिनिधिको लागि क्षेत्र नंबर १ मा  ८ जना प्रतिनिधि खुल्ला कोटामा ३१ जना पुरुषको र २ जना महिला अनिवार्य कोटामा १० जना महिलाको उम्मेद्वारी परेको छ भने क्षेत्र नंबर २ मा ८ जना प्रतिनिधि खुल्ला कोटामा २१ जना पुरुष र २ जना महिला कोटामा ८ जना महिलाको उम्मेद्वारी परेको छ । यसैगरि १ जना दलित प्रतिनिधि कोटामा ३ जनाको उम्मेद्वारी परेको छ ।

प्रतिनिधि छनोटमा सर्वसम्मत सहमतिको प्रयास भईरहेको एमाले मकवानपुरले जनाएको छ । सहमति हुन नसकेको अवस्थामा कात्तिक २७ गते निर्वाचन मार्फत टुङ्गो लगाईने बताईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*