प्रदेश २ मा दुई अध्यादेश जारी
प्रदेश २ प्रमुख हरिशंकर मिश्रबाट दुई वटा अध्यादेश जारी भएको छ। गएको कात्तिक ९ गते प्रदेश २ सरकारको मन्त्रिपरिषदबाट सिफारिस भएको प्रदेश प्राविधिक विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र प्रदेश कृषि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश प्रदेश प्रमुख मिश्रले मंगलबार प्रमाणीकरण गरेका हुन्।
प्रदेश प्रमुख मिश्रले नेपालको संविधानको धारा २०२ बमोजिम अध्यादेश जारी गरेका प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। प्रदेश सरकारको उदासीनताले लामो समय देखि प्रदेशसभा बैठक बस्न सकेको छैन। अब प्रदेश सरकार पनि कानुन निर्माणमा ध्यान नदिइ अध्यादेश मार्फत अगाडि बढ्न खोजेको देखिन्छ।