मलेसियाका सातौँ राजा शाहको निधन

मलेसियाका सातौँ राजा तथा प्रसिद्ध फुटबल खेलाडी सुल्तान अहमद शाहको निधन भएको छ । उनको ८८ वर्षको उमेरमा निधन भएको अधिकारीहरुले पुष्टी गरेका छन् । पाहाङ राज्यबाट उनी केन्द्रीय राजा बनेका थिए । पाहाङ राज्यको भने उनी पाँचौँ राजा थिए । देशका मुख्यमन्त्री वान रोस्डी वान स्माइलले वक्तव्य जारी गर्दै पूर्वराजाको निधन भएको जानकारी दिएको विभिन्न सञ्चारमाध्यमहरुले जनाएका छन् । राजधानी क्वालालमपुरमा रहेको राष्ट्रिय मुटु अस्पतालमा बुधबार बिहान उनको निधन भएको वक्तव्यमा उल्लेख गरिएको छ ।
सन् १९३० मा जन्मिएका अहमद शाह सन् १९७४ मा पाहाङ राज्यको राजा बनेका थिए भने सन् १९७९ देखि १९८४ सम्म पाँच वर्ष केन्द्रीय राजा बनेका थिए ।धबार निधन भएका राजा सुल्तान अहमद शाहले ८८ वर्षको उमेरमा गत जनवरी ११ का दिन पद त्याग गरेपछि अहिलेका राजा अब्दुल्ला त्यस राज्यको सुल्तान बनेका थिए । त्यसपछि उनी केन्द्रको राजा बनेका थिए ।