बाध्यताकोे वैदेशिक रोजगारी अन्त्य गर्न प्रम रोजगार कार्यक्रमः मन्त्री विष्ट

जनपत्र
९ जेष्ठ २०७६, बिहीबार ०६:५२

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले बाध्यताले वैदेशिक रोजगरीमा जाने अवस्था अन्त्य गर्न प्रधानमन्त्री रोजगार कार्यक्रमको कार्यान्वयन जरुरी रहेको बताउनुभएको छ । मन्त्री विष्टले रोजगारी देशको प्रमुख मुद्दा बनेकाले बेरोजगारी न्यूनीकरण गरी रोजगारीका अवसर सिर्जना गर्न तीनवटै तहले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रम सम्बन्धमा बुटवलमा आज आयोजना गरेको प्रदेशस्तरीय अन्तक्र्रियामा उहाँले कार्यक्रमको प्रभावकारी कार्यान्वयनपछि काम गरेर बाँच्न पाउने अवसर सिर्जना हुने बताउनुभयो ।
मन्त्री विष्टले सो कार्यक्रम कार्यान्वयनका लागि ७५३ वटा स्थानमा रोजगार संयोजक छनोट भएको जानकारी दिनुभयो । “नेपालको इतिहासमै पहिलोपटक निष्पक्ष ढङ्गले परीक्षा प्रणाली बनाएर रोजगार संयोजक छनोट ग¥यौँ”, उहाँले भन्नुभयो । रोजगारी र सामाजिक न्याय नपाएका जनतालाई केन्द्रित गरी कार्यक्रम कार्यान्वयन गर्न जरुरी रहेको मन्त्री विष्टको भनाइ थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*