चन्द्रागिरिबाट ४ लाख ४३ हजार नगदसहित १६ जना जुवाडे पक्राउ
![](https://www.janapatra.com/wp-content/uploads/2021/11/JUwade-Pakrau-chandragiri.jpg)
काठमाडौं । प्रहरीले ४ लाख ४३ हजार ५०३ नगदसहित १६ जुवाडेलाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत थानकोट तथा प्रभाग बलम्बुबाट संयुक्त रुपमा खटेको टोलीले चन्द्रागिरी नगरपालिका वडा नं. १४ पुरानो नैकाप स्थित शंकर थापाको घरमा जुवा खेलिरहेको अवस्थामा शनिबार राति ९ बजे १६ जनालाई पक्राउ गरेको हो ।