कैलाश गाउँपालिकामा चट्याङ् लागेर एकको मृत्यु, दुईजना घाईते

जनपत्र
९ जेष्ठ २०७६, बिहीबार ०६:४३

हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिका वडानम्बर २ बैकुण्ठमा गएराती हावा हुरी संगै परेको चट्याङ्ग लागेर एक जनाको मृत्यु भएको छ भने अरु दुईजना घाईते भएका छन् । बैकुण्ठका झलकबहादुर मोक्तानको घरमा चट्याङ् लाग्दा ६५ बर्षकी साईलीमायाँ मोक्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले बताउनुभयो ।

चट्याङ लागेर ३९ बर्षिय बिनामायाँ मोक्तान र ७० बर्षिय डोल्मा बल गम्भिर घाईते भएकी छन् । उनीहरुको डाँडाखर्क स्वास्थ्यचौकीमा उपचार भईरहेको प्रहरीले जनाएको छ । मृतक मोक्तानको प्राथमिक स्वास्थ्यचौकी पालुङमा पोष्टमार्टमपछी दाहसंस्कार गरिने स्थानीय ललित मोक्तानले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*