राहदानी सम्वन्धी विधेयक राष्ट्रपतिद्वारा संसदमै फिर्ता

जनपत्र
९ जेष्ठ २०७६, बिहीबार ०६:४०

राष्ट्रपति विद्यादेवी भण्डारीले राहदानीसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रतिनिधि सभामा फिर्ता पठाइदिनु भएको छ । बुधबार राष्ट्रपति कार्यालयबाट सार्वजनिक विज्ञप्तिका अनुसार सभामुखले प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपति भण्डारीसमक्ष पठाएको विधेयकलाई पुनर्विचारका लागि संसदमै पुनः फिर्ता पठाइएको हो । राष्ट्रपति कार्यालयले विधेयकमा पुनर्विचार गर्न आग्रह गरे पनि के–के कुरामा पुनर्विचार गर्ने हो भन्ने चाहिँ खुलाएको छैन । संसदबाट पारित भएर सभामुखले प्रमाणीकरणका लागि पठाएको विधेयक राष्ट्रपतिले फिर्ता पठाएको यो पहिलो पटक हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*