मन्त्री झाँक्री अस्पतालबाट डिस्चार्ज, केही दिन भेटघाट बन्द
शहरी विकास मन्त्री रामकुमारी झाँक्री अस्पतलबाट डिस्चार्ज हुनुभएको छ । निमोनियका कारण एकहप्ता अघि वीर अस्पताल भर्ना हुनुभएकी मन्त्री झाँक्री बुधबार राति डिस्चार्ज हुनु भएको हो । उहाँले सामाजिक संजाल फेसबुकमा आफू डिस्चार्ज भएको जानकारीसमेत दिनुभएको छ।
आफ्नो उपचारमा संलग्न सम्पूर्ण स्वास्थ्यकर्मीहरु, अस्पताल प्रशासन, मेरा सुरक्षाकर्मी साथीहरु, मन्त्रालयका कर्मचारी मित्रहरू, लगायत स्वास्थ्यलाभको कामना गर्नुहुने सम्पूर्ण आफन्तजन एवम् साथीभाईहरुप्रति आभार प्रकट गर्नुभएको छ ।चिकित्सकले आफ्रलाई संक्रमणको उच्च जोखिम कायम रहेको सल्लाह दिएको बताउँदै केही दिन भेटघाट गर्न नसक्ने उहाँले जानकारी दिनुभएको छ ।