काठमाण्डौमा राति ९ बजे पछि देउसीभैलो खेल्न नपाइने

जनपत्र
१७ कार्तिक २०७८, बुधबार १३:३९

काठमाण्डौ – काठमाण्डौमा राति ९ बजे पछि देउसीभैलो खेल्न रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाण्डौले राति ९ बजेपछि देउसीभैलो खेल्न नपाइने निर्णय गरेको हो ।

प्रशासनले कोरोना महामारीलाई मध्यनजर गर्दै स्वास्थ्यका मापदण्ड पूरा गरेर देउसीभैलो तथा नाचगान गर्न पनि अनुरोध गरेको छ । देउसीभैलो खेल्दा सार्वजनिक यातायात र जनजीवनलाई असर पार्ने गतिविधि नगर्न प्रशासनले भनेको छ ।

पटका, आतिसबाजी जस्ता प्रज्वलनशील एवं विस्फाेटक पदार्थको उत्पादन, ओसारपसार र बिक्री वितरण नगर्न भनिएको छ । मठमन्दिर, गुम्बालगायतका स्थलमा भीडभाड नगर्न प्रशासनले अनुरोध गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*