हेटौंडा खानेपानी बोर्डको आम्दानी ७ करोड ६३ लाख

जनपत्र
८ जेष्ठ २०७६, बुधबार १८:२८

हेटौंडा । हेटौंडामा स्वच्छ खानेपानी उपलब्ध गराउदैं आएको हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले चालु आर्थिक वर्षको १० महिनामा खानेपानी महशुल लगायत अन्य आम्दानीबाट रु.७ करोड ६३ लाख राजस्व संकलन गरेको छ । बोर्डको छैठौं वार्षिककोत्सवको अवसरमा यो जानकारी दिइएको हो । कार्यक्रमको उद्घाटन गर्दै हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले खानेपानीका लागि ठुलो समस्या नभएको बताउनुभयो । बोर्ड संगको सहकार्यमा हेटौंडाका पहिलेका वडामा खानेपानी पुर्याउने काम संगै अरु थपीएका वडामा पनि सबै नागरिकलाई पानी खुवाउने अभियानमा आफुहरु लागिपरेको उहाँले बताउनुभयो ।

नगरका हरेक बिकाश निर्माणका काम संगै खानेपानीको क्षेत्रमा पनि उल्लेख्य प्रगति गरिएको मेयर महतले बताउनुभयो । खानेपानी बोर्डका अध्यक्ष प्रताप बिष्टको अध्यक्षतमा आयोजीत कार्यक्रममा बोर्डका निमित्त कार्यकारी निर्देशन सुर्दशन ढकालले २०७० सालमा जेठ ८ गते खानेपानी संस्थानबाट व्यवस्थापन परिवर्तन भई बोर्डको रुपमा सञ्चालन भएपछि हेटौंडाको खानेपानी समस्या समेत घटेको उनले बताए । साथै
खानेपानी विस्तारको काम पनि द्रुत गतिमा भईरहेको छ । बोर्डको कार्यलयले विगत १० महिनामा आन्तरिक रुपमा ७ करोड १२ लाख र बाह्य रुपमा ६१ लाख ४९ हजार आम्दानी गरेको छ । प्राप्त विवरण अनुसार आन्तरिक आयतर्फ पानी महशुलबाट रु.३ करोड २२ लाख संकलन गरेको छ । साथै जरिवाना, नया धारा जडान शुल्क, मिटर मर्मत, हलचेन्जलबाट रु. ९० लाख ५० हजार आम्दानी गरेको छ ।

त्यस्तै बाह्य आयतर्फ हेटौंडा उपमहानगरपालिकाले बोर्डसंगको साँझेदारीमा गरिने खानेपानी सेवा सुधार विस्तारको लागि रु ६१ लाख ४९ हजार बोर्डले प्राप्त गरेको छ । बोर्डले २०७५ जेठ ८ गतेदेखि व्यवस्थापन सञ्चालन गरेपछि मासिक रु. ८५ मा स्थानिय बासिन्दाले स्वच्छ खाने पानी उपलब्ध गराएको छ । बोर्डले आगामी कार्यक्रममा हेटौंडाको हटिया, हर्नामाडी, चुरियामाइ, पदमपोखरी र बसामाडीमा खाने पानी सेवा विस्तार गर्ने बताईएको छ । १ लाख २० हजार ग्राहाक रहेको सो बोेर्डले विहान र बेलुका गरेर ७ घण्टा खाने पानी उपलब्ध गराउँदै आएको छ । बोर्डको मुहान र बोरिङ गरेर १५ स्थानमा २२ ओटा मोटर पम्प सञ्चालन गरी खानेपानी उत्पादन भईरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*