५५ दिनमा सकियो ‘लक्ष्मी रानी’को छायाँकन

लचित्र ‘लक्ष्मी रानी’को छायाँकन सम्पन्न भएको छ। नायिका निर्माता तथा निर्देशक उक्त चलचित्रको छायाँकन नेपाल–भारत सिमाना दार्चुला क्षेत्रमा ५५ दिन लगाएर सम्पन्न गरिएको हो । यो चलचित्रमा गाउँको अबस्था र शहरी परिवेशको चित्रण हुने भएकोले चलचित्र युनिटको रोजाई दार्चुला परेको थापाले बताइन । ‘लक्ष्मी रानी’ बिशुद्ध सामाजिक कथामा आधारित चलचित्र निर्माण भएको कुरा निर्माण पक्षले जानकारी गराएको छ । ग्रामिण क्षेत्र र शहरी क्षेत्रका महिलाहरुले जिवन बिताउन भोगेका अलग अलग सघर्षको ब्यथा र धर्म सस्कृतिका बारेमा चलचित्रले आफ्नो कथामा समेट्ने प्रयास गर्ने चलचित्र युनिटले जनाएको छ ।
‘लक्ष्मी रानी’ चलचित्रमा शुभेच्छा सहित धिरेन शाक्य, मिथिला शर्मा, नयाँ प्रस्तुतिमा विनोद त्रिपाठी, जयकिशन बस्नेत, भोजपुरी कलाकार परदेशी साह, श्याम राई, पल्पसा डंगोल लगायत कलाकार रहेका छन् । हालसम्म कलाकार तथा निर्माता बन्दै आएकी नायिका शुभेच्छाले ‘लक्ष्मी रानी’ चलचित्रबाट पहिलो पटक निर्देशनमा डेब्यु गरेकी हुन् ।