चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

जनपत्र
८ जेष्ठ २०७६, बुधबार ०७:०४

नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ। प्रतिबन्ध गरिएका दुवै चिनियाँ मोबाइल पेमेन्ट एपहरु हुन्। दुई चिनियाँ बाहेक अन्य अवैध पेमेन्ट सिस्टमहरुबारे पनि राष्ट्र बैंक र आन्तरिक राजश्व कार्यालयले खोजी तीब्र बनाएका छन्।
विदेशी डिजिटल वालेटबाट कारोबार हुँदा नेपाल आउने पर्यटकको कारोबार राजश्व सरकारी संयन्त्र बाहिर पुगेको निष्कर्षसहित प्रतिबन्धको निर्णय गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ। ती पेमेन्ट सिस्टमबाट हुने कारोबार नेपालमा कहीँ कतै सूचिकृत हुँदैनन्। रकम सिधै सम्बन्धित देशमा पुग्छ। नेपालमा विदेशी पर्यटक र पछिल्लो समय ठमेलसहितका पर्यटकीय स्थानका व्यापारीहरुले समेत विदेशी डिजिटल वालेटको प्रयोग गर्न थालेको सूचनाका आधारमा केन्द्रीय बैंकले प्रतिबन्धको निर्णय गरेको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*