गाँजा सहित हेटौंडाबाट एक जना पक्राउ

जनपत्र
७ जेष्ठ २०७६, मंगलवार १६:४३

हेटौंडा । मकवानपुर प्रहरीले लागू औषध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ । हेटौंडा १५ रातोमाटेबाट प्रहरीले भारत बिहार जिल्ला मोतिहारी पुरेन्द्ररा वडा नंम्बर ५ बस्ने बर्ष २४ को दिनेश रामलाई एक केजी गाँजा सहित एक जनालाई पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट प्रहरी निरिक्षक अरुण कुमार कुशवाहाको कमाण्डमा खटिएको चेकिङ टोलिले लागूऔषध सहित बरामद गरेको जिल्ला प्रहरी कायाएलय मकवानपुरका प्रहरी नायब उपरिक्षक यज्ञ प्रसाद भटराईले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*