म्यूजिक भिडियोमा पनि कथा खोज्दै विपिन

जनपत्र
८ कार्तिक २०७८, सोमबार ०६:४८

फिल्म केले चल्छ रु स्टार कि कथाले रु ‘लुट’ पछि फेरिएको नेपाली फिल्मको सिनारियो हेर्ने हो भने फिल्म स्टारले चल्न छाडेको छ । अचेल कथा बलियो भएका फिल्मले मात्र सिनेमा हलसम्म दर्शक तानेका छन् । यही वास्तविकता बुझेर हुनुपर्छ अहिलेका चल्तीका स्टारहरुले पनि फिल्ममा कथा बलियो खोज्न थालेका छन् । नायक विपिन कार्की त यो मामलामा सबैभन्दा अगाडि छन् ।

उनी फिल्म छनोटमा ज्यादै चुजी छन् । उनलाई लरोतरो स्क्रिप्टले छुँदैन । आफ्नो अभिनय देखाउन सक्ने बलियो कथा ९स्क्रिप्ट० भेटेपछि मात्र उनी काम गर्न राजी हुन्छन् । यही खुबीका कारण आज उनी नेपाली फिल्मका अब्बल कलाकारमा दरिएका छन् । उनको अभिनयका हरकोही फ्यान छन् । ‘प्रसाद, नाका, जात्रा, हरी, छड्के, पशुपति प्रसाद’ उनका हेर्नलायक फिल्ममा पर्छन् ।

कोरोना महामारीका कारण फिल्मको काम ठप्प हुँदा विपिनले म्यूजिक भिडियोलाई समय दिइरहेका छन् । तर, उनले म्यूजिक भिडियोमा पनि बलियो कथा खोज्ने गरेका छन् । ‘डर छैन’, ‘बटौली’, ‘फनफनी’, ‘सुनैको दरबार’ यसका उदाहरण हुन् । उनले अभिनय गरेका हरेक गीतका म्यूजिक भिडियोमा मनछुने कथा बुनिएको हुन्छ । जुन हेर्दा दर्शकलाई फिल्म हेरेको आभास हुन्छ ।

उनै विपिनले अभिनय गरेको नयाँ म्यूजिक भिडियो ‘परदेशी आयो’ सार्वजनिक भएको छ । गायक केतन क्षेत्रीको आवाजमा रहेको गीतले विदेशबाट रित्तो हात फर्किएको एक व्यक्तिको पीडादायक कथा भन्छ । भिडियोमा बुनिएको कथा र विपिनको अभिनय मनछुने छ । उनी फिल्म झैँ म्यूजिक भिडियो छनोट गर्न पनि कति गम्भीर र संयमित छन् भन्ने कुरा यो गीतबाट बुझ्न सकिन्छ ।

प्रकाश सापकोटाले रचना गरेको गीतमा सुवास भुषालको संगीत छ । देवेन्द्र नेपालको निर्देशनमा तयार भएको म्यूजिक भिडियोमा विपिनको साथमा कविता न्यौपाने, सुरविर पण्डित, शर्मिला शर्मा लगाएतको अभिनय रहेको छ । दिपेश उपाध्याय र दिप्सन डंगोलले छायांकन गरेको भिडियोका सम्पादक बिकाश दाहाल हुन् । गीतलाई यूट्युबमा निकै सकारात्मक प्रतिक्रिया मिलेको छ । फिल्मीखबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*