आजैदेखि पछाडि वस्नेले हेलमेट लगाउनै पर्दछ

अधिवक्ता ध्रुब प्रसाद चौलागाई
७ जेष्ठ २०७६, मंगलवार ०८:२५

हेटौंडा / अहिले वजारमा मोटरसाईकल पछाडि वस्नेले हेलमेट लगाउदा फाईदा छ की छैन भन्दा पनि हेलमेट लगाउन लगाएर व्यापारिलाई फाईदा दिन लागे, कमिसन खान थाले भन्ने हल्ला वढी गरिएको छ । सचेत नारिकले पहीले मानिसको वाच्न पाउने अधिकारको सुरक्षाको लागि अपनाउने उपाएहरुको खोजि गर्ने र राज्यले त्यस्ता उपाएहरुको कार्यान्वयन गरेर जोखिम न्युनिकरण गर्ने तर्फ सोचोस भनेर अगाडि बढ्नु पर्नेमा हेलमेट अनिवार्य गर्ने राम्रो कुरालाई पनि विवादमा पारिएको छ ।

दुर्घटनाको पिडा पैसाले भरिदैन त्यसैले मोटरसाईकल दुर्घटनामा पछाडी वस्नेहरु हेलमेट नलगाएर बढि मरे भन्ने यथार्त कुरा देखाउदै पछाडि बस्नेलाई पनि अनिवार्य हेलमेट लगाउन कानुन वमोजिम वाध्य पार्ने कुरा कसैगरि गलत छैन र होईन पनि । दुर्घटनाको पिडा भोगेकाहरुलाई मात्रै थाहा हुन्छ ।

हेलमेट नलगाएकै कारण मेरा 2 जना आफन्तहरुले ज्यान गुमाएका छन । त्यसैले यसवाट म नजिकवाट परिचित छु ।मानिसको ज्यान पैसाले किन्न र वचाउन पनि नसकिने रहेछ ।त्यसैले कानुनमा भएर पनि किन हेलमेट नलगाएको भनेर हेलमेट लगाउन अनिवार्य गर्नु पर्दछ भनेर कानुनी व्यवस्था कार्यानवनको लागि सार्वजनिक सरोकारको रिट नै दर्ता गर्ने मेरो तयारी पनि थियो र छ ।

अहीले हेलमेट लगाउने निर्णय गर्न खोजेको कुरा कानुन बमोजिम र मोटरसाईकल पछाडी वस्नेको सुरक्षाको लागि आवश्यक नै छ जस्ले 75% भन्दा वढि पछाडीबस्नेको ज्यान जोगाउने नै छ । अनिवार्य नगर्दा पनि हेलमेट लगाउने अहीले पनि प्रसस्त छन । लगाउन वाध्य वनाएर मानिसको ज्यान जोगाउनै पर्दछ । कानुन पालना गराउन र सुरक्षाहोस भन्दा कमिसन खालान,यति कमिसन आउछ भन्ने अनावश्यक हिसाव गर्नु गलत हो ।

आफ्नै आफ्न्त हेलमेट नलागाएका कारण जतिवेला पनि मर्न सक्छन त्यसैले हेलमेट लगाउनै पर्दछ । लगाउने कुरालाई कुनै वाहानामा रोक्न हुदैन । कसैले कमिसन खान लागेका हुन भने त्यो पाटो रोकौ छेकौ र स्वस्थ वनाऔ सरकारलाई त्यस्ता गलत छिद्रहरु वन्द गर्न सहयोग गरौ तर दिनहु हेलमेट नलगाएकै कारण मानिसहरुको मृत्यु भई रहेकोले अहिलै देखि हेलमेट लगाउनै पर्दछ भनेर सबैले भनौ ।

हेलमेट लगाउने कानूनी व्यवस्थाको कार्यान्वयनमा सहयोग र समर्थन गरौ । मोटरसाईकलमा पछाडि वस्दा हेलमेट नलगाएको कारण हुने दुर्घटनाको पिडावाट वचौ र वचाऔ भन्ने अनुरोध पनि गर्न चाहान्छ ।

अधिवक्ता ध्रुब प्रसाद चौलागाई संयोजक जनसरोकार केन्द्र,मकवानपुरका संयोजक समेत हुनुहुन्छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*