प्रदेश ३ को बिकाश गर्न १३ जिल्लामा खटिए ११५ स्वयंसेवक

जनपत्र
६ जेष्ठ २०७६, सोमबार १८:३१

हेटौंडा / प्रदेश नम्बर ३ को सामाजिक बिकाश मन्त्रालयलले आजबाट प्रदेश बिकाश सस्वयंसेवकहरुलाई १३ वटै जिल्लामा खटाइएको छ । प्रदेशका सबै जिल्लामा ११ वटा बिषयगत क्षेत्रका एक सय १५ जना युवाहरुलाई प्रदेशको बिकाशका लागि स्वयंसेवकका रुपमा खटाइएको हो । “युवाको गौरब ! जवानीमा पौरख !! प्रदेशको सौरभ !!!” भन्ने आदर्श वाक्यलाइ आत्मसात गर्नेगरी सामाजिक विकास मन्त्रालयले प्रदेश सरकारको प्रदेश बिकास स्वयमसेवक कार्यक्रमबाट बिभिन्न ११ वटा सेवा क्षेत्रमा परिचालन गरेको छ ।

प्रदेश सरकारका काम नागरिकले सिधै अनुभुति गर्नेगरी स्वयंसेवक मार्फत काम गर्न सुरु गर्न लागिएको हो । सामाजिक बिकाश मन्त्रालयमा तालिम समेत दिएर उनीहरुलाई खटाइएको छ । प्रदेश क्षेत्रको हरेक बिकाशमा सहयोग गर्ने उदेस्यले उनीहरुलाई खटाइएको सामाजिक बिकाश मन्त्री युवराज दुलालले बताउनुभयो ।

आजबाट खटाइएका स्वयंसेवकमा माबि शिक्षक ४ जना, हेल्थ असिस्टेन्ट ७ जना, स्टापनर्ष ८ जना, अनमी ६ जना, बायोमेडिकल टेक्नीसियन २ जना, फार्मेसी सहायक ३ जना, खेलकुद प्रशिक्षक २६ जना, कृर्षि प्राबिधिक सहायक १६ जना, पशु प्राबिधिक सहायक १३ जना, सहयोगापेक्षि सडक मानव मुक्त सहजकर्ता १७ जना, बालबिवाह मुक्त प्रदेश सहजकर्ता १३ जना छनौट गरेर अभिमुखिकरण तालिम समेत दिएर खटाइएको हो । उनीहरु अबदेखि आफ्ना क्षेत्रमा काममा खटिने सामाजिक बिकाश मन्त्रालयका उपसचिब खुवीराम अधिकारीले बताउनुभयो ।

समुदाय स्तरमा गएर स्वयंसेवी भावनाले काम गर्नका लागि उनीहरुलाई खटाइएको हो । प्रदेशका बिकाश स्वयंसेवकका रुपमा जिल्ला समन्वय समिति, स्थानीय तह र बिषयगत कार्यालयमा गएर काम गरिने उहाँले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*