अश्विनीलाई हिरो अफ मधेसको अवार्ड

मधेसी पत्रकार समाजले आयोजना गरेको ‘हन्ड्रेड हिरो अफ मधेस’ कार्यक्रममा मोडल तथा कोरियोग्राफर अश्विनी झालाई ‘हिरो अफ मधेस’ अवार्ड प्रदान गरिएको छ । अश्विनीले पुर्व प्रधामन्त्री तथा ने.क.पाका अध्यक्ष पूष्प कमल दाहाल (प्रचण्ड)को हातबाट अवार्ड प्राप्त गरेका थिए । नेपाल सरकार मन्त्री परिषदका पुर्व अध्यक्ष तथा पुर्व न्यायधिस खिलप्रसाद रेग्मी बिशेष अतिथि रहेको कार्यक्रममा झाले ‘कला तथा फेसन बिधा’बाट अवार्ड पाएका हुन् ।