प्रधानमन्त्री देउवाद्वारा बाढीपहिराे प्रभावितलाई थप राहतको व्यवस्था गर्ने प्रतिबद्धता

जनपत्र
४ कार्तिक २०७८, बिहीबार १२:३३

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरो प्रभावित ठाउँको अध्ययन गरेर प्रभावितलाई थप राहतको व्यवस्था गर्ने बताउनुभएको छ ।

आज बाढी पहिरो प्रभावित क्षेत्रको अनुगमन गर्न सुदूरपश्चिम प्रदेश जाने क्रममा सुर्खेत विमानस्थलमा पत्रकारसँगको कुराकानीमा उहाँले बाढी पहिराेबाट प्रभावित भएकाहरुलाई थप राहतको व्यवस्था गर्ने बताउनु भएकाे हाे ।

प्रधानमन्त्री देउवाले जलवायु परिवर्तनका कारण नेपालले पनि ठूलो क्षति बेहाेर्नु परेको भन्दै जलवायु परिवर्तनको असरले गरेको क्षतिको बारेमा अन्तर्राष्ट्रियस्तरमा नेपालको समस्या उठान गर्ने समेत बताउनुभएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*