‘जात्रै जात्रा’ को आक्रामक व्यापार

जनपत्र
५ जेष्ठ २०७६, आईतवार १७:२३

शुक्रवारबाट देशभर प्रदर्शनमा आएको मल्टीस्टारर फिल्म ‘जात्रै जात्रा’ ले बक्सअफिसमा बम्पर ओपनिङ गरेको छ । प्रदर्शनको पहिलो दिन देशभर ६० देखि ७० प्रतिशतको आसपासमा ओपनिङ अकुपेन्सी कायम गरेको फिल्म शनिवार बिहानैदेखि शतप्रतिशत अकुपेन्सीका साथ प्रदर्शन भइरहेको छ । ‘वर्ड अफ माउथ’ बलियो भएका कारण फिल्म हेर्ने दर्शकको ठूलो भीड हलमा ओर्लिएको छ ।
करीब साढे २ वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘जात्रा’ को सिक्वेल भएका कारण दर्शकमा ‘जात्रै जात्रा’ प्रति ठूलो अपेक्षा थियो । फिल्म दर्शकको अपेक्षामाथि खरो उत्रिएको छ । दर्शकले फिल्मको मुक्तकण्ठले प्रशंसा गरेका छन् । भने, समीक्षकहरुले पनि सार्थक सिक्वेलको रुपमा ब्याख्या गरेका छन् । प्रदीप भट्टराई निर्देशित यस फिल्मलाई माउथ पब्लिसिटीको फाइदा बक्सअफिसमा राम्रै परेको छ ।  फिल्मको सिंगल थिएटरभन्दा मल्टीप्लेक्समा व्यापार आक्रामक छ । यो कुरा निर्देशक भट्टराई स्वयं स्वीकार गर्छन् । ह्याट्रिकको दौडमा रहेका उनले ‘जात्रै जात्रा’ लाई दर्शकले रुचाएकोमा खुसी व्यक्त गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*