हेटौंडामा गौतम समाजको अधिवेशन

हेटौंडा / गौतम समाज ३ नम्बर प्रदेसको प्रथम अधिवेशन आज हेटौंडाको बनसखण्डिमा सम्पन्न भएको छ । समाजका बरिष्ठ केन्द्रीय उपाध्यक्ष चुडामणी शर्मा गौतमको प्रमूख आतिथ्यता तथा केन्द्रीय संस्थापक अध्यक्ष नारायण प्रसाद गौतमको विशेष आतिथ्यता रहेको थियो । मकवानपुर जिल्ला सचिव अभिमन्यू गौतमले सञ्चालन गर्नुभएको कार्यक्रममा जिल्ला अध्यक्ष राजु गौतमको अध्यक्षता रहेको थियो ।
निशुल्क स्वास्थ्य परीक्षण र औषधी वितरण सहित सम्पन्न गरिएको कार्यक्रममा करिव ७ सय सेवाग्राहिले स्वास्थ्यलाभ लिएको गौतम समाज मकवानपुरका सुनिल गौतमले बताउनुभयो । बनभोज सहितको प्रदेश अधिवेशनले होमनाथ गौतमको अध्यक्षतामा ७ सदस्सीय प्रदेस कमिटि पनि गठन गरेको छ ।
कार्यक्रममा जेष्ठ नागरिक सम्मान तथा आजिवन सदस्यता वितरण र निशुल्क स्वास्थ्य परीक्षणमा सहयोग पुर्याउने स्वास्थ्यकर्मीहरुलाई प्रशंसा पत्र समेत वितरण गरिएको थियो । कार्यक्रममा केन्द्रीय कमिटिका देवी प्रसाद गौतम, राजकुमार गौतम,पूर्व सचिव केशव प्रसाद गौतम तथा ३ नं प्रदेस जिल्ला कमिटिका प्रतिनिधि वसन्तराज गौतम लगायत करिव ९ सय गौतम बन्धुहरुको उपस्थिति रहेको थियो ।