आईपीएलकाे पहिलो क्वालिफायरमा आज दिल्ली र चेन्नई खेल्दै

जनपत्र
२४ आश्विन २०७८, आईतवार १३:४१

काठमाण्डाै – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको पहिलो क्वालिफायरमा आज दिल्ली क्यापिटल्स र चेन्नई सुपर किङ्ग्स खेल्दैछन् ।

समूह चरणमा शीर्ष दुईमा रहेका दिल्ली र चेन्नई फाइनल प्रवेशका लागि पहिलो क्वालिफायरमा खेल्न लागेका हुन् । खेल दुबईमा बेलुका पौने ८ बजे सुरु हुनेछ । आज हार्ने टोलीले रोयल च्यालेञ्जर्स बेङ्ग्लोर र कोलकाता नाइटराइडर्सबीचको विजेतासँग खेल्नेछ ।

आईपीएलको प्लेअफ समीकरण शुक्रवार पूरा भएको हो । मुम्बई इन्डियन्स, पञ्जाब किङ्ग्स, सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स बाहिरिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*