रातको समयमा झलमल्ल हेटौंडा (फोटो फिचर)

हेटौंडा । हेटौंडा बजार घुम्दा, हेर्दा जती सुन्दर र रमाईलो छ । बाहिरबाट बेलुकीको समयमा बजार झनै सुन्दर देखिन्छ । बिशेषगरी हेटौडाको भैरबडाँडा, मनकामना डाँडा र आसपासका अग्ला ठाउँबाट बेलुकीको समयमा बजार क्षेत्र थप झलमल्ल बलेको देखिन्छ । जताततै सुन्दर र रमणिय पनि देखिन्छ ।
कङ्ंक्रिटको शहरका रुपमा बिकाश हुँदै आएको हेटौंडा अहिले धेरै जिल्लाबाट घुम्न आउने, बस्ने र रमाउने गन्तब्य बनेको छ । तर, बेलुकीको समयमा पुरै हेटौंडा बजारलाई टाढाबाट नियाल्नेहरु भने कमै मात्र पाईनछ । बेलुकीको समयमा मकवानपुर गढी गाउँपालिकाको मनकामना डाँडाबाट प्रदेश नम्बर ३ का सामाजिक बिकाश मन्त्री युवराज दुलालले कैद गर्नुभएको तस्बिरहरु ।