हेटौंडाको बसामाडीमा दुईवटा बस ठोक्किए, एक जनाको मृत्यु ३० जना घाइते
हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडानम्बर ३ बसामाडी लेवटमा दुईवटा बस एक आपसमा ठोकिदा एक जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । पुर्व पश्चिम राजमार्ग अन्तर्गत लेवटको कर चौकी नजिकै दुईवटा बस एक आपसमा ठोकिएको थियो ।
आज बिहान ३ बजेको समयमा काठमाडौंबाट जनकपुर तर्फ जादै गरेको ना ७ ख ९३६ नम्बरको यात्रुबाहक बस र इलामको पशुपतिनगरबाट काठमाडौं जादै गरेको ना ७ ख २०५७ नम्बरको यात्रुबाहक बस एक आपसमा ठक्कर खाँदा १ जनाको मृत्यु भएको र ३० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले बताउनुभयो ।
घाईतेहरु मध्य तीन जनाको भरतपुर मेडिकल कलेज र अरुको हेटौंडाका अस्पतामा उपचार भईरहेको छ । दुघर्टना परी मृत्यु हुनेमा ना ७ ख २०५७ नम्बरको बस चालक साविकको उदयपुरको तत्कालिन वरही गाबिस ६ बस्ने ४० बर्षीय मान बहादुर मगर रहेको मकवानपुर प्रहरीले जनाएको छ । मगरको उपचारको क्रममा चुरेहिल अस्पतालमा मृत्यु भएको जनाइएको छ ।