भागबन्डा नसच्याए सरकारमा नजाने एकीकृत समाजवादको चेतावनी

जनपत्र
२१ आश्विन २०७८, बिहीबार ०६:२६

नेकपा एकीकृत समाजवादी पार्टीले आफ्नो भागमा मन्त्रालय थोरै भएको भन्दै भागबन्डा सच्याउन माग गरेको छ । सो पार्टीले मन्त्रालयको संख्यामा चित्त नबुझेसम्म सरकारमा नजाने चेतावनी दिएको छ।

बुधबार बिहानको सहमतिअनुसार नेपाली कांग्रेसले प्रधानमन्त्री सहित ८, नेकपा माओवादी केन्द्रले ६, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले ४–४ मन्त्रालय पाउने तय भएको थियो। सोहीअनुसार कांग्रेस र माओवादीले मन्त्री बन्नेको नाम टुंगो लगाइसके पनि एकीकृत समाजवादीले भागबन्डाबारे फेरि छलफलको माग राखेको छ ।

एकीकृत समाजवादीको यो मागसँगै घटस्थापनाको दिन मन्त्रिपरिषदले पूर्णता नपाउने सम्भावना देखिएको छ । एकीकृत समाजवादीले मन्त्रालय भागबन्डामा देखाएको असन्तुष्टिलाई राजनीतिक वृत्तमा ‘बार्गेनिङ’को रुपमा लिइएको छ । मन्त्री कम पाएको बहानामा सो पार्टीले प्रतिनिधिसभामा रिक्त उपसभामुख पदका लागि बार्गेनिङ गरेको आकलन गर्न सकिन्छ । फरकधारबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*