पेटबाट निस्कियो ११६ वटा फलामे किला र तार

जनपत्र
१ जेष्ठ २०७६, बुधबार १५:५२

भारतको राजस्थानमा अचम्मको घटना बाहिर आएको छ । एक जना मानिसको पेटबाट ११६ वटा फलामका किला र तार निस्किएपछि चिकित्सक समेत अचम्मित भएका छन् । पेटको शल्यक्रियाको क्रममा ठूलो संख्यामा फलामका किला निस्किएको हो । उनको शल्यक्रिया सफल भएको चिकित्सकले बताएका छन् । पेटमा किला हुने मानिसले थोरै मानसिक रूपमा असन्तुलन थिए । पेटमा कसरी फलामका किला आयो भन्ने कुरा उनलाई पनि थाहा नभएको बताइन्छ ।

उक्त शल्यक्रिया सोमवार १३ मे मा भएको थियो । बिरामीका परिवारका अनुसार उनीमा फलाम खाने बानी थियो । सोही कारण उनको पेटबाट किला निस्किएको हो । खबरका अनुसार उनी २० वर्ष अघिसम्म गार्डेनिङको काम गर्थे । मानसिक रोगका कारण उनले त्यो काम छाडेका थिए । युवकलाई पेट दुख्न थालेपछि परिवारले उनलाई अस्पताल लगेका थिए ।
एजेन्सीको सहयोगमा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*