अमेरिकामा आकाशमै जुधे दुई विमान, ४ जनाको मृत्यु

जनपत्र
३१ बैशाख २०७६, मंगलवार १६:१६

काठमाडौं – अमेरिकाको अलास्कामा स्थानीय समयअनुसार सोमवार अपराह्न दुईवटा विमान आकाशमै ठोकिएपछि कम्तीमा चारजनाको मृत्यु भएको अमेरिकी तटरक्षक बलले जनाएको छ ।  दुवै विमानका यात्रु रोयल प्रिन्सेस क्रूज जहाजमा थिए । उक्त क्रूज सात दिनदेखि थियो ।
घटनाको अनुसन्धानको नेतृत्व कोस्ट गार्डले गरिरहेको छ । उसका अनुसार, दुईजना व्यक्तिको खोजी अझै जारी छ । दुर्घटना सोमवार दिउँसो १ बजे भएको थियो । पानीमा अवतरण गर्न मिल्ने फ्लोटप्लेन विमान तटको अवलोकनका लागि उडेको थियो । तक्वान एयरलाइन्सले उक्त विमान सञ्चालन गर्छ । अलास्काको मिस्टी फ्योर्डको अवलोकन गरेर फर्किरहेको थियो र यसमा १० यात्रु र एक विमानचालक थिए । ठोक्किने अर्को विमानमा चार यात्रु थिए र उनीहरू स्वतन्त्र रूपमा घुमिरहेका थिए ।तक्वान विमानका नौ यात्रुलाई उद्धार गरिएको छ र उनीहरूको उपचार जारी छ । एकजना यात्रुको स्थिति अज्ञात छ । विमानचालकको स्थितिको खुलासा हुन सकेको छैन ।

सीएनएनबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*