मोटी नै मेरो पहिचानः मेलिना ठकुरी

आजभन्दा दुईबर्ष अघि म्युजिक भिडियोबाट कलाकारिताक्षेत्रमा प्रवेश गरेकी मेलिना ठकुरी आजको देखिसम्म टेलचलचित्रसम्म आइपुगेकी छिन् । जीवनमा राम्रो काम गर्नका लागी संघर्ष चाहिन्छ भन्ने धारणा राखेर अगाडि बढ्दै गरेकी मेलिनाले अहिलेसम्म तीनदर्जन बढी म्युजीक भिडियोमा मोडलिङ गरिसकेकी छिन् भने अहिले दुई टेलिचलचित्रमा अभिनय गरिरहेकी छिन् ।
पछिल्लो समय एपिवान टेलिभिजनबाट प्रसारण हुँदै आएको हाँस्य टेलिचलचित्र ‘के जमाना आ’ मा सिपी पुडाशैनी अर्थात ‘धतुरेकि’ श्रीमती बनेर अभिनय गरिरहेकी छिन् । आफुसँग कला र आँट भयो भने कलाकारितामा संघर्षले उच्च ठाउँमा पु¥याउँछ भनेर लगातार संघर्ष गरिरहेकी मेलिनाले आर्टिष्ट खबरसँग आफ्नो कलाकारिताका दुख सुखका भावनाहरु साटेकी छिन् ।
पछिल्लो केहिदिन यताको ब्यस्तता के मा छ ?
अहिले त म टेलिसिरियलमा नै ब्यस्त छु । त्यस वाहेक केहि म्युजिक भिडियो हरुमा पनि काम गरिरहेको छु । हप्तैपिच्छे सिरियलको सुटिङमा जानुपर्ने भएकोले अहिले म्युजीक भिडियो अलि कम भएको छ तर समय मिलाएर गरिरहेकी छु ।
कलाकारितामा कसरी प्रवेश गर्नुभयो र केके उपलब्धि हासिल गर्नुभयो ?
मलाई बच्चा देखिनै नाँच्न रुचि थियो । गाउँघरमा आयोजना हुने साना कार्यक्रमहरुमा भाग लिनेगर्थेँ त्यसैक्रममा एकदिन मेरो शिक्षकले एउटा म्युजीक भिडियोको लागि अफर गर्नुभयो र त्यसमा काम गरिसकेपछि एकपछि अर्को गर्दै अफर आउन थाल्यो । उपलब्धिको कुरा गर्दा हालसम्म करिब ४० वटा म्युजीक भिडियोमा कामगर्ने अवसर पाएकी छु, थोरधेरै भएपनि दर्शकमाझ चिनिने मौका मिलेको छ, यहि नै उपलब्धि हो जस्तो लाग्छ ।
‘क्या जमाना आ’मा धतुरेको कान्छि बुढि भनेर चिनिनुहुन्छ, कत्तिको खुसी लाग्छ ?
कान्छि बुढि भन्दा पनि धतुरेकै बुढि हुँ सिरिएलको लागि । खासमा सिरियलमा धतुरेको जेठि वुढिको मृत्यु भएको कारणले गर्दा मलाई विवाह गर्नु भएको हुन्छ । जसमा धतुरे धेरै नै लोभी भएको कारणले गर्दा मैले जे भने पनि मान्ने खालको भुमिका निभाएका छौ । एउटा सिरियलबाट सिपि पुडाशैनी दाईको ‘अपोजिट’मा रहेकी काम गरेर दर्शकमाझ चिनिन पाउँदा धेरैनै खुसी छु ।
शारिरीक हिसाबमा अलि मोटी हुनुहुन्छ, दुखी हुनुहुन्न ?
धेरैले भन्नुहुन्छ, थोरै शरिर घटाउनु पर्यो राम्रो देखिन्छ । तर केहिगर्दा पनि शरिर घटाउन सकिन । त्यसैले अब यहि शरिरबाटै पहिचान बनाउन चाहान्छु, मोटो मानिसले केहिगर्नै सक्दैन भन्ने छैनन नी, कत्ति कलाकार हुनुहुन्छ जो मोटो भएकै कारण पनि चर्चामा हुनुहुन्छ, त्यसैले यसैलाई पहिचान बनाउन चाहान्छु ।
तपाइको विचारमा कलाकारिता क्षेत्रमा लामो समयसम्म टिक्न के गर्नुपर्ला ?
हुन त म यो क्षेत्रमा आएको त्यस्तो धेरै त भएको छैन तर पनि मेरो बिचारमा कलाकारितालाई आफ्नो करिअर मानेरै अगाडि बढ्नका लागी आफुसँग सर्वप्रथम त कला हुनुजरुरी छ । आफुभित्र प्रतिभा भयो भने खासै गाहो्र हुदैन ।
आर्टिष्ट खबरबाट