को बन्छ करोडपतिमा नयाँ कीर्तिमान

जनपत्र
२९ बैशाख २०७६, आईतवार ०७:३६

काठमाडौं– कौन बनेका करोडपतिको नेपाली संस्करण को बन्छ करोडपतिमा नयाँ कीर्तिमान कायम भएको छ । कीर्तिमान कायम गर्दै विराटनगरका राजीव जैनले लगातार १३ वटा प्रश्नको जवाफ मिलाउँदै २५ लाख जितेका छन् । तर बाँकी ५० लाख र १ करोडको प्रश्नको सामना गर्न नभ्याउँदै समय सकिएपछि शनिबारको एपिसोड अन्त्य भएको छ । उनी अब अर्को एपिसोडमा पुनः प्रश्नको सामना गर्न आउनेछन् ।
उनले अब मात्र दुई वटा प्रश्न मिलाए नेपाली संकरणको को बन्छ करोडपतिको पहिलो एक करोड विजेता बन्नेछन् । अहिलेसम्म यो संस्करणको कार्यक्रममा यति धेरै प्रश्नको उत्तर मिलाउने जैन पहिलो भएको कार्यक्रम होस्ट महानायक राजेश हमालले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*