संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच एकता घोषणा, बन्यो ‘समाजवादी पार्टी नेपाल’
काठमाडौं– उपन्द्र यादव नेतृत्वको संघीय समाजवादी पार्टी र डा बाबुराम भट्टराईको नेतृत्वको नयाँ शक्ति पार्टी एक भएका छन्। सोमबार प्रज्ञा प्रतिष्ठानमा औपचारिक रुपमा एक भएको घोषणा गर्दै उनीहरुले नयाँ पार्टी समाजवादी पार्टी नेपाल हुने बताएका छन्।
मधेश केन्द्रीत राजनीति गरिरहेको फोरम र माओवाद त्यागेर वैकल्पिक शक्ति बन्न खोजिरहेको नयाँ शक्तिबीच समाजवादसहित अघि बढ्ने सहमति भएको हो। दुई वर्षदेखि चलेको वार्तालाई निष्कर्ष दिँदै दुई दिनअघि पार्टी एकिरकण गर्ने सहमति भएको थियो।