सेनाका जवानदेखि अधिकृतसम्मको प्रमाणपत्र छानिबनमा

जनपत्र
२२ बैशाख २०७६, आईतवार ०६:३५

काठमाडौं : नेपाली सेनाले सैन्य कर्मचारीको शैक्षिक प्रमाणपत्र छानबिन थालेकोछ। परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा जवान र अधिकृतको एसएलसी एसईई प्रमाणपत्र छानबिन भइरहेको छ। अन्नपूर्ण पोस्ट दैनिक लेख्छ, यसपछि एसएलसी एसईईभन्दा माथिल्लो तहको शैक्षिक प्रमाणपत्र छानबिन गर्ने तयारी जंगीअड्डाले गरेको छ। छानबिनका लागि जंगीअड्डाबाट प्रमाणपत्र आइरहेको पनिकाले जनाएको छ। पनिका एसईई (यसअघि एसएलसी)को प्रमाणपत्र मात्र प्रमाणीकरण गर्छ। जंगीअड्डाबाट प्रमाणपत्र प्रमाणीकरणका लागि अनुरोध पठाएको यो पहिालोपटक हो। परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीका अनुसार विशेष छानबिनका लागि भन्दै सेनाले अनुरोधपत्रसहित प्रमाणपत्र पठाइरहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*