आमाको सम्झनामा अनु गौतमको गीत सार्वजनिक

मकवानपुर / नव गायिका अनु गौतमले आमालाई सम्झँदै विशेष गीतको कभर भिडियो सार्वजनिक गरेकी छिन् । बलिउडका चर्चित गायिका लता मंगेश्करको आवाजमा सजिएको ‘तु कित्नी अच्छी है’ बोलको गीतको कभर भर्सन उनले सार्वजनिक गरेकी हुन् ।
एन.एम.आई. प्रोडक्सनले तयार पारेको कभर भर्सनमा अनुको आवाजलाई सुहाउने गरी सुमन तामाङले म्युजिक एरेञ्ज गरेका छन् । गीतलाई हेटौँडा ५ सानोपोखरामा अवस्थित न्याटिभ स्टुडियोमा रेकर्ड गरिएको हो ।
लामो समयदेखि गीतसँगीतका क्षेत्रमा संघर्षरत अनुले यस अघि पनि आफ्ना पहिलो गीतको एल्बम सार्वजनिक गरेकी थिईन् । अडियो भर्सन मात्र सार्वजनिक भएको उनको गीतको म्युजिक भिडियो भने बन्न बाँकी छ । अनु ठोरीमा जन्मघर भई मकवानपुरलाई कर्मथलो बनाएकी नव गायिका हुन् ।