ओलिभर जिराउड एसी मिलानमा अनुबन्धित

जनपत्र
३ श्रावण २०७८, आईतवार ०८:२८

काठमाण्डाै – इटालियन क्लब एसी मिलानले फ्रान्सेली स्ट्राइकर ओलिभर जिराउडलाई अनुबन्धित गरेको छ। फ्रान्सेली खेलाडी जिराउड इङ्ग्लिस क्लब चेल्सीबाट इटालियन सिरी ‘ए’ क्लब एसी मिलान आएका हुन् ।

सिरी ’ए’ क्लब मिलानले इङ्ग्लिस क्लब चेल्सीबाट उनलाई २ मिलियन युरोमा अनुबन्ध गरेको हो । जिराउडले मिलानसँग दुई वर्षको सम्झौता गरेका छन् ।

उनले सन् २०१८ मा आर्सनलबाट चेल्सी आएका थिए । चेल्सीका लागि उनले १ सय १९ खेलमा ३९ गोल गरेका छन् । उनी  फ्रान्सको विश्वकप विजेता टोलीका सदस्य समेत हुन् ।

फ्रान्सले २०१८ मा विश्वकप जित्दा उनी टिममा रहेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*