‘आईएमई पे’ र ‘दराज’ बीच सम्झाैता : ‘महाबचत याेजना’ मा आईफाेन–१२ लगायत थुप्रै उपहार

काठमाण्डाै – आईएमई पे र ई–कमर्स प्लेटफर्म दराजबीच सम्झौता भएको छ । सम्झौताअनुसार दराजका सेवाग्राहीले दराजबाट सामान खरिद गर्दा आईएमई पेबाट सजिलै भुक्तानी गर्न सक्ने छन् ।
साथै यही साउन १ गतेदेखि सुरु हुने एक रुपैयाँ गेम र साउन ३ गतेदेखि सुरु हुने दराज महाबचत उपहार योजनामा सहभागी भइ आईफोन–१२ लगायत थुप्रै उपहार प्राप्त गर्न सक्ने छन् ।
सम्झौता पत्रमा आईएमई पेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकास कुमार नाहाटा र दराज केमु प्राली नेपालका प्रबन्ध निर्देशक लिनो अह्लेरिङ्गले हस्ताक्षर गर्नुभयो ।
बुधवार पानीपोखरीमा रहेको आईएमई ग्रुपको केन्द्रीय कार्यालयमा आयोजित सम्झौता आदानप्रदान कार्यक्रममा आईएमई डिजिटल सोलुशन लिमिटेडका अध्यक्ष एवम् आईएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले यो सहकार्यले नेपाल सरकारले अघि सारेको डिजिटल नेपाल अभियानमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताउनुभयो ।







