अस्ट्रेलियाले चार रनले जित्याे वेस्ट इन्डिजसँगकाे चाैथाे टी–२०

जनपत्र
३१ असार २०७८, बिहीबार ०९:३५

unn.prixa.net

काठमाण्डाै – वेस्ट इन्डिजसँगको चौथो टी–२० क्रिकेट अस्ट्रेलियाले चार रनले जितेको छ । डारेन सामी स्टेडियमा अस्ट्रेलियाले दिएको एक सय ९० रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा ६ विकेट गुमाएर एक सय ८५ रन मात्रै बनाउन सक्याे ।

अन्तिम ओभरमा जितका लागि वेस्ट इन्डिजलाई ११ रन चाहिएको थियो तर स्ट्राइकमा रहेका आन्द्रे रसेलले सुरुमा पाँच बलमा कुनै रन जोड्न सकेनन्, अन्तिम बलमा छक्का प्रहार गरे पनि जितका लागि पर्याप्त भएन ।

वेस्ट इन्डिजका लागि लेन्डी सिमोन्सले सर्वाधिक ७२ रन बनाए । अस्ट्रेलियाका मिचेल मार्सले तीन र एडम जाम्पाले दुई विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाएर एक सय ८९ रन बनाएको थियो । उसका लागि मिचेल मार्सले ७५ र कप्तान आरोन फिन्चले ५३ रन बनाए ।

पाँच खेलको शृङ्खला यसअघि नै वेस्ट इन्डिजले जितिसकेको छ । पाँच खेलको टी–२० र तीन खेलको एकदिवसीय शृङ्खला खेल्न अस्ट्रेलिया वेस्ट इन्डिज भ्रमणमा रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*