नेकपा पोलिटब्युरो गठनमा सहमति, यस्तो छ भागबण्डा

जनपत्र
१९ बैशाख २०७६, बिहीबार ०९:०४

काठमाडौं / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जिल्ला एकीकरण टुंगिएलत्तत्रै शीर्ष नेतृत्वले पोलिटब्युरो सदस्य चयनमा पनि सैद्धान्तिक सहमति जुटाएको छ । नेकपा उच्च स्रोतका अनुसार वरिष्ठ नेता माधव नेपाल अमेरिका जानूपूर्व पोलटब्युरो गठनमा सहमति जुटेको समाचार नागरिक दैनिकमा छ। नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भएको छलफलका क्रममा तत्तकालीन एमाले र तत्काली माओवादी केन्द्रको केन्द्रीय कमिटीमा रहेकामध्ये वरिष्ठतालाई आधार मानेर पोलिटब्युरो सदस्य बनाउने सहमति भएको छ। सहमतिअनुसार केपी शर्मा ओली समूहबाट ३८, पुष्पकमल दाहाल प्रचण्ड समूहबाट ४९, माधव नेपाल समूहबाट ३६, रामबहादुर थापा समूहबाट १०, वामदेव गौतम समूहबाट ७ र नारायणकाजी श्रेष्ठ समूहबाट ७ जना पर्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*